संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निःसंक्रामक पार्दै काठमाडौँ महानगर | Khabarhub Khabarhub

संक्रमण देखिएका र जोखिमयुक्त ठाउँमा निःसंक्रामक पार्दै काठमाडौँ महानगर


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निःसंक्रामक गर्ने (डीस–इन्फेक्टेन्ट) कार्यलाई निरन्तरता दिदैँ आएको छ ।

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण फैलिन नदिन संक्रमण देखिएका र जोखिमयुक्त क्षेत्रसँगै सार्वजनिक स्थानहरुमा निसंक्रमण गर्ने कार्यलाई निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाले कोभिड–१९ को माहामारीसँगै टेकु, वीर अस्पताल, कालीमाटी फलफुल बजारलगायतका स्थानमा सुरुदेखि नै डीस–इन्फेक्टेन्ट कार्यलाई निरन्तरता दिदैँ आएको थियो । संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक क्षेत्रमा निसंक्रमण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ ।

यसका लागि दैनिक १० वटासम्म सवारी र उपकरण परिचालन गर्ने गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । ‘कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले ३२ वटै वडामा डिस–इन्फेक्टेन्ट गर्ने र दैनिक ५ वटा टोलीले सो सम्वन्धी चनचेतनामुलक सन्देश सम्प्रेषणका लागि माइकिङ गर्ने कार्य गर्दै आएको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘प्रत्येक वडासँग समन्वय गर्न ५ वटा अनुगमन टोली समेत परिचालन गरेका छौँ ।’

गर्मी मौसममा डेंगुलगायतको प्रकोप पनि बढ्ने भएकाले त्यसको नियन्त्रणका लागि समेत प्रभावकारी हुने हुँदा डीस–इन्फेक्टेन्ट गर्ने कार्यलाई निरन्तरता दिएको उनको भनाइ छ ।

नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाले पनि संक्रमण देखिएका ठाउँ, अस्पताल क्षेत्र र सार्वजनिक ठाउँलाई निःसंक्रामण गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिदैँ आएको जानकारी दिए ।

‘मुख्य गरेर कालीमाटी, बल्खलगायतका बढी भिडभाड हुने तरकारी बजार, महानगरीय ट्राफिक प्रहरी महाशाखा, अस्पताल क्षेत्र र कोरोना संक्रमित भेटिएका ठाउँलाई प्राथमिकतामा राखेर निःसंक्रामक गर्ने कार्यलाई निरन्तरता दिएका छौँ,’ उनले भने, ‘एकसरो काठमाडौँ महानगरका ३२ वटै वडामा पुगिसकेका छौं । वडाबाट माग भएका ठाउँमा पठाउने गरेका छौं ।’

उनले निःसंक्रामण गर्ने प्रचलित मापदण्डबमोजिमको रसायन प्रयोग गरेर काम गरिरहेको जानकारी दिए । उनले भने, ‘जनस्वास्थ्य सुरक्षाका लागि यो जरुरी छ । यसलाई हामी भाइरसको संक्रमण निस्तेज नहुञ्जेल जारी राख्छौं ।’

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १२ : २१ बजे

यस्तो छ सिंहदरबारको अवस्था (तस्बिरहरू)

काठमाडौं– जेन्जी आन्दोलनको चौथो दिन बिहीबार प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार

संवाद र सहमतिबाट मात्रै देशलाई अगाडि लैजान सकिन्छ : विद्यार्थी नेताहरू

काठमाडौं– विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूको नेतृत्व गरिसकेका नेताहरूले वृहत्

इटहरी पुन:निर्माण गर्न आउँदै छु : मेयर पौडेल 

काठमाडौं– इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफू इटहरी निर्माण गर्न

राष्ट्रपति खोज्दै सडकमा उत्रिए तरूण (तस्बिरहरू)

काठमाडौँ- सोमबार र मंगलबारको जेन-जी उथलपुथलपछि दलका कार्यकर्ताहरू सडकमा उत्रिन

विद्यार्थीले गरे कर्फ्यूको अवज्ञा, त्रिचन्द्र अगाडि संयुक्त प्रदर्शन

काठमाडौं– विभिन्न राजनीति दलका भ्रातृ संगठनहरू कर्फ्यूको अवज्ञा गर्दै प्रदर्शनमा