तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास « Khabarhub

तीजको साइतमा बाढीपीडित एकल महिलाको घर शिलान्यास


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- माइती र चेलीबीचको सम्बन्धलाई प्रगाढ तुल्याउने महान चाड तीजको साइत पारेर आज झापाको शिवसताक्षीमा बाढीबाट विस्थापित एउटी एकल महिलाका लागि नगरपालिका र समुदायले पक्की घर निर्माणको शुभारम्भ गरेका छन् ।

गत असार १२ गत कनकाई नदीको बाढीले घर बगाएपछि अढाई वर्षको एक छोरा, ५ र ७ वर्षका दुई छोरीलाई लिएर शिवसताक्षी–१० की तारा शेर्मा रेडक्रसले दिएको त्रिपालमा खोला किनारमा असुरक्षितरूपमा बस्दै आउनुभएको थियो ।

उनको कारुणिक अवस्था सञ्चारमाध्यममा आएपछि मेची अभियानले पक्की घर बनाइदिने घोषणा गरेको थियो । आज झापाको शिवसताक्षी–११ मा सोही घरको शिलान्यास गरिएको छ ।

ताराका लागि बनाइने घरमा तीन कोठा र एउटा शौचालय रहने बताइएको छ । छानो जस्ता पाताको भए पनि घरको कोठाहरु सिमेन्ट र इँटाले बनाइनेछ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा, उपप्रमुख भोजकुमारी नेपाल र अभियानका संयोजक विजय डालमियाले घरको संयुक्तरूपमा शिलान्यास गरेका थिए ।

नगरपालिकाले घरबारविहीन परिवारको बसोबासका लागि तोकेको जनता आवास क्षेत्रमै पाँच धुर जग्गा उपलब्ध गराएको छ । त्यहाँ यसअघि १२ वटा घर निर्माणाधीन अवस्थामा छन् ।

यही सालको तिहार अगावै घरको निर्माण सकेर तारालाई हस्तान्तरण गरिने मेची अभियानका संयोजक डालमियाले जानकारी दिए। घर निर्माणमा सात लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : ०७ बजे

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर

गणेश पराजुलीले लिए संसदीय विशेष समितिको सभापतिको शपथ

काठमाडौं– हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्

ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर स्थानीय तहको निर्वाचन तयारीमा लागौँ

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना मतभेदलाई

आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्नुपर्ने

काठमाडौं– नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले आर्थिक विकासका

बेनीको शिरमा रहेको पाखो चर्किएर पहिरो खस्न थाल्यो

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारको शिरमा रहेको पाखो धाँजा फाटेर