भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमित निको भए « Khabarhub

भारतमा ७४ प्रतिशत कोरोना सङ्क्रमित निको भए


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतका कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये ७४ प्रतिशतभन्दा बढी सङ्क्रमणमुक्त भएको पाइएको छ ।

भारतमा अहिलेसम्म कुल २९ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । तीमध्ये झण्डै ६७ हजार जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।

कुल सङ्क्रमितमध्ये २१ लाख ५८ हजार ९४६ जना सङ्क्रमणमुक्त भएका छन् । शुक्रबारसम्मको तथ्यांक अनुसार कुल सङ्क्रमणमुक्त भएकाहरुको अनुपात ७४ प्रतिशत रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुमध्ये अहिलेसम्म ५४ हजार ८७९ जनाको मृत्यु भएको छ । तीमध्ये ९८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु भएकाहरुको अनुपात १.८९ रहेका बेला सङ्क्रमणमुक्त भएकाहरुको अनुपात भने ७४.३० रहेको छ ।

भारतमा अहिले छ लाख ९२ हजार २६ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म तीन करोड ३४ लाख ६७ हजार २३७ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ३ : १९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग