एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण पुष्टि « Khabarhub

एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण पुष्टि


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  शसस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बुधबार गरिएको परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको एपीएफ स्रोतले खबरहबलाई बताएको छ।

अघिल्लो पटक लकडाउन हुँदा सीमा सुरक्षा कडाइका लागि प्रदेश नम्बर २ पठाइएका खेलाडी मध्ये अहिलेसम्म ३७ जनामा कोरोना पुष्टि भएको स्रोतले जानकारी दिएको हो।

प्रदेश २ बाट काठमाडौं फर्काइएको टोलीलाई दुवाकोट र चोभारको क्वारेन्टाइनमा राखिएको छ।

शुक्रबार पुष्टि भएका ३४ मध्ये १८ जना चोभारको क्वारेन्टाइनमा बसिरहेका खेलाडी र १६ जना दुवाकोट क्वारेन्टाइनमा बसेका खेलाडीमा कोरोना देखिएको हो।

३ जनामा यसअघि नै संक्रमण पुष्टि भएर अहिले उपचाररत छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ५ : ०५ बजे

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष

मन्त्री खरेलद्वारा विभिन्न कार्यालयको निरीक्षण तथा भेटघाट

गण्डकी– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज पोखरास्थित विभिन्न

डर र अनिश्चितताबीच बुल्गेरियामा युरो लागू

सोफिया– बुल्गेरियाले बिहीबार युरो अपनाउँदै युरो प्रयोग गर्ने २१औँ देश

युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट

फ्लोरिडा– रुस–युक्रेनबीच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासका

‘विदेशी हस्तक्षेप बढ्दा मुलुकको अस्तित्व संकटमा रहेकाले नवीनतम समझदारी आवश्यक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेप बढ्दा