एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा सेनालाई « Khabarhub

एकीकृत क्‍वारेन्टिन व्यवस्थापन समिति गठन, सुरक्षाको जिम्मा सेनालाई


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले विदेशबाट उद्धार गरिने नेपालीलाई एकीकृत क्वारेन्टिनमा राखिने जनाएको छ। एकीकृत क्वारेन्टिन काठमाडौं उपत्यकामा तयार गरिने र त्यसको सुरक्षा नेपाली सेनाले गर्ने भएको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्‍वारेन्टिन व्यवस्थानका लागि एकीकृत क्‍वारेनटिन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ ।

समितिको संयोजकमा गृह सचिव रहने र स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी रहनेछन् ।

त्यसैगरी सदस्यहरुमा सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु लगायत क्‍वारेन्टिन रहने स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि सदस्य रहने छन् ।

उक्त समितिले काठमाडौंका तीन वटै जिल्लामा रहेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्‍वारेन्टिन स्थलको पहिचान र सञ्‍चालन गर्ने डा. खतिवडाले जानकारी दिए ।

विदेशबाट उद्धार गरिने नेपालीको हकमा बैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा ल्याएर क्वारेन्टिनमा राख्दा लाग्‍ने खर्च सरकारले व्‍यहोर्ने र अन्‍यको हकमा भने स्वयम यात्रुले व्‍यहोर्नुपर्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : ०३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्