भदौ १६ गतेबाट कुन-कुन मुलुकमा नियमित उडान, कहाँ चार्टर्ड ? | Khabarhub Khabarhub

भदौ १६ गतेबाट कुन-कुन मुलुकमा नियमित उडान, कहाँ चार्टर्ड ?


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले पीसीआर परीक्षण सहज भएका देश र शरहरुबाट नेपाली नागरिक ल्याउन नियमित उडान शुरु गर्ने निर्णय गरेको छ। नियमित उडान नहुने ठाउँमा चार्टर्ड उडान गरिने भएको छ ।

सरकारको प्रवक्ता डा युवराज खतिवडाले भदौ १६ बाट नियमित उडानको तालिका पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने जानकारी दिएका हुन् ।

यी देशमा नियमित उडान

बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक मात्रै बोक्ने गरी नियमित उडान गर्न अनुमति दिएको हाे।

डा खतिवडाले नियमित उडान नहुने देशमा सम्बन्धित देशका नेपाली दूतावासले चार्टर्ड उडान गर्ने जनाएका छन् ।

नियमित उडान नहुने मुलुकमा चार्टर्ड उडान 

साउदी अरब, कतार र कुवेत जस्ता पीसीआर परीक्षण सहज नभएका देशमा नियमित उडान नहुने डा खतिवडाले जनाएका छन्।

यस्तो देशमा सम्बन्धित देशमा रहेको नेपाली दूतवासले चार्टर्ड उडान गर्ने जानकारी दिए ।

यस्तै, सरकारले नेपाल प्रवेश गर्ने हवाई यात्रीको संख्यासमेत तोकेको छ। डा खतिवडाले नियमित तथा चार्टर्ड उडान गर्दा दैनिक पाँच सयभन्दा बढी यात्री नहुने गरी पर्यटन मन्त्रालयले तालिका मिलाउने जानकारी दिए।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  ७ : १९ बजे

यी भूभागमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दक्षिण अफ्रिकी जितसँग जोडिएका तथ्य : चार पारीमा तीन शतक

लण्डन – अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका टेस्ट विश्व च्याम्पियनसिप बनेको

इरान र इजरायल दुवै पक्षबाट रातभर आक्रमण

काठमाडौं – इरान र इजरायलमा दुवै पक्षबाट आक्रमण जारी छ।

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार १ गते आइतबार। असार