काठमाडौं उपत्यका निषेधाज्ञाको दोस्रो दिन ६०० सवारी साधन नियन्त्रणमा « Khabarhub

काठमाडौं उपत्यका निषेधाज्ञाको दोस्रो दिन ६०० सवारी साधन नियन्त्रणमा


५ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना सङ्क्रमण रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गर्नेमा सबैभन्दा बढी मोटरसाइक चालक रहेको देखिएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेधाज्ञा जारी गरिएको आज दोस्रो दिनसम्म तीन हजार १४५ मोटरसाइकल चालक कारबाहीमा परेका छन्। जबकि कूल सवारीसाधन ५०२ वटा कारबाहीमा परेका छन्। निषेधाज्ञा उल्लंघन गर्ने ३५७ चारपाङ्ग्रे गाडी छन्।

पहिलो दिन बिहीबार सबैभन्दा बढी दुई हजार ९०२ सवारी साधन आदेश नमानेर चलाइएका थिए। आज दोस्रो दिन आदेश उल्लङ्घन गर्ने सवारी साधनको सङ्ख्या ह्वात्तै घटेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार आज भने ६१० सवारी साधनले मात्रै आदेश उल्लङ्घन गरेको पाइएको छ। त्यसमा ५३० मोटरसाइकल छन् ।

“पहिलो दिन अलि अन्योल पनि भयो, कतिले थाहा नपाएको पनि हुन सक्छ, कसैले पेलेर जान खोजेका पनि थिए तर हामीले त्यस्ता गाडीलाई कडाइ गरेर दिनभर नै होल्डमा राख्यौँ,” ढकालले भने, “त्यसैको प्रभाव आज न्यून गाडीले आदेश अटेर गरेको पाइयो।”

उनले पहिलो दिनभन्दा आज धेरै नियम मानेको पाइएको र शान्तिपूर्ण रुपमा आदेशको कार्यान्वयन भइरहेको बताए। आदेश नमान्ने गाडीलाई राति ८ बजेपछि मात्रै छाड्ने गरिएको छ। अटेर गर्न खोज्ने र जबर्जस्ती गर्न खोज्नेलाई भने कारवाहीको दायरामा लगिने उनले बताए। त्यस्ता चालकलाई स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने छ ।

स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा आदेश उल्लङ्घन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय गर्न सक्ने व्यवस्था छ। यस्तै सङ्क्रामक रोग ऐन २०२० मा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ। त्यस्तै यो ऐनअन्तर्गत काममा बाधा पुर्‍याउनेलाई छ महिनासम्म कैद वा ६०० रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

महाशाखाले आदेशको पालना गराउन काठमाडौं उपत्यकाका १५२ स्थानमा जाँच गर्ने गरेको जनाएको छ। यस्तै ४६ स्थानमा नेपाल प्रहरी र ट्राफिकको संयुक्त टोली रहेको र राति ३९ स्थानमा जाँच हुने गरेको छ ।

उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाले यही भदौ १० गतेसम्म अत्यावश्यकबाहेकका गतिविधि गर्न निषेधको आदेश जारी गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०७७, शुक्रबार  १० : ०६ बजे

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले

निर्वाचन आचारसंहिताविपरीत गतिविधि नगर्न रास्वपालाई नवलपरासी प्रशासनको आग्रह

नवलपरासी– जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई

भारतको क्रिकेट : ‘ए प्लस’बाट रोहित र विराटको किन भयो ग्रेड ‘बी’मा घटुवा ?

काठमाडौं – भारतको क्रिकेटका स्टार ब्याट्सम्यान रोहित शर्मा र विराट

बागलुङमा ‘प्लेटलेट्स’ बनाउन थालियो, पोखरा र काठमाडौं पठाउनुपर्ने बाध्यता अन्त्य

बागलुङ– लामो समयको प्रयासपछि बागलुङको रक्तसञ्चार केन्द्रमा सेतो रगत (प्लेटलेट्स/प्लाज्मा)

विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेशलाई आईसीसीले वित्तीय र प्रशासनिक कारबाही नगर्ने

काठमाडौं – विश्वकप नखेल्ने निर्णय गरेको बंगलादेश अन्तर्राष्ट्रिय क्रिकेट परिषद्