आज गणेश चतुर्थी, भगवान् गणेशको विशेष पूजा « Khabarhub

आज गणेश चतुर्थी, भगवान् गणेशको विशेष पूजा


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  आज गणेश चतर्थी । भगवान् गणेशको विशेष पूजाअर्चना गरिदैछ ।

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । तर, यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाले भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आराधना गरिदैछ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा.रामचन्द्र गौतमले जानकारी दिए ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको गौतमले बताए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  ७ : ४४ बजे

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको