प्रहरीकै सहयोगमा बलात्कारीलाई उन्मुक्ति ! « Khabarhub

प्रहरीकै सहयोगमा बलात्कारीलाई उन्मुक्ति !


६ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी- ईलाका प्रहरी कार्यालय ईटहरीले बालिका बलात्कार गर्ने क्रसर उद्योगमा कार्यरत एक पुरुषलाई कारबाही नै नगरी उन्मुक्ति दिइएको पाइएको छ ।

मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले पीडित बालिकाको उजुरी नै नलिई पीडकलाई उन्मुक्ति दिएको खुलेको हो ।

एक महिनाअघि भोजपुर स्थायी घर भइ इटहरी २० तरहरामा आफ्नी फुपुको घरमा बस्दै आएकी ती बालिकालाइ धनकुटाको क्रसर उद्योगमा कार्यरत विकास लामाले बलात्कार गरेका थिए ।

फुपुको दवावमा पीडित बालिकाले तत्काल घटना लुकाउन बाध्य भइन् । बालिकाको फुपुको घरमै आउने जाने, बस्ने, गरेका लामा फुपुसँगै हिड्डुल समेत गर्दै आएका थिए ।

लामा फुपुकै घरमा आउने क्रममा ती बालिका बलात्कृत भएकी हुन् । पछि बालिकाको गर्भ बसेको थाहा पाएर फुपुले पीडक लामासँग मोटो रकम लिएर बालिकाको ५ महिना १५ दिनको गर्भ फ्याक्ने काम भएको पाईएको छ।

गर्भपतन हुने औषधी खाएपछि शरीरले थाम्न नसक्ने गरी रगत बग्न थालेपछि बालिका पटकपटक आफन्त लिएर पीडक लामा, फुपु राजकुमारी राई र मेडिकल विरुद्ध उजुरी गर्न इलाका प्रहरी कार्यालय इटहरी गएकी थिइन् । त्यहाँको मुद्दा फाँटका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठलाई मुद्दा दर्ताका लागि निवेदन लिन अनुरोध गरेको भएपनि पीडक लामाको पक्षमै लागेर प्रहरीले बालिका उजुरी दर्ता नगरेको पाईएको छ।

उता इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले भने पीडितको जाहेरी रितपूर्वक नभएकाले मुद्दा दर्ता नगरेको बताएका छन् ।

पीडकको वतन तथा अन्य विवरण नभएकै कारण दर्ता गर्न नसकिएको भण्डारीको भनाई छ। स्रोतका अनुसार प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठ र पीडक लामाबीच आर्थिक चलखेल भएका कारण मुद्दा दर्ता नगरिएको हो । प्रहरीले कोरोनाको कारण थुनुवा राख्न नमिल्ने, पीडितले पुनः जाहेरी दिन नआएकोलगायतका बहाना बनाएर पन्छिन खोजिरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७७, शनिबार  १० : १२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्