नारायणी अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु « Khabarhub

नारायणी अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु


६ भदौ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- नारायणी कोभिड १९ अस्पताल वीरगञ्जमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले दिएको जानकारी अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली विर्ता बस्ने ५८ वर्षका पुरुष र बहुदरामाइ नगरपालिका ४ डोर्केलाका ६१ वर्षीय पुरुषको ज्यान गएको हो ।

ट्राभल हिस्ट्री नहरेका सुगौली विर्ताका ५८ वर्षे पुरुषमा खोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पताल ल्याइएको थियो उनको गत भदौ ४ गते गरिएको स्वास्थ्य परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार राति ८:५ बजे मृत्यु भएको थियो ।

त्यस्तै डोर्केलाका ६१ वर्षीय पुरुषको आज बिहान निधन भएको हो । भदौ ३ गते गरिएको स्वास्थ्य परीक्षणमा उनमा पनि कोरोना देखिएको थियो । भदौ ४ गतेदेखि आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको बिहान ७:१० बजे निधन भएको हो । उनमा पनि खोकी र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि अस्पताल ल्याइएको थियो ।

प्रकाशित मिति : ६ भदौ २०७७, शनिबार  ११ : १२ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक