यो मितिमा तोकियो ‘चिसो मान्छे’ को प्रदर्शन मिति « Khabarhub

यो मितिमा तोकियो ‘चिसो मान्छे’ को प्रदर्शन मिति


७ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के खनालले घोषणा गरेको फिल्म ‘चिसो मान्छे’ आउँदो वर्षको भदौ ११ गते रिलिज हुने भएको छ ।

केही समयअघि निर्देशक खनालले सामाजिक सञ्जालमार्फत यो फिल्म निर्माणको घोषणा गरेका थिए । उनका अनुसार फिल्म घाममा खिचिने छैन ।

फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् भने निर्देशन खनालको रहनेछ । डिएस डिजिटल प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्ममा कलाकारको छनोट अझै गरिएको छैन । फिल्ममा नेपालको सुदूरपश्चिम क्षेत्रको परिवेश समेटिने निर्देशक खनालले बताए ।

‘अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाँडै अन्त्य हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्छ भन्ने सोचका साथ हामीले निर्माण कार्य अगाडि बढाएका छौं,’ दीपेन्द्र के खनाल भन्छन् ।

यसअघि दीपेन्द्रको लेखन तथा निर्देशन रहेका फिल्म पशुपति प्रसाद, आमा लगायत फिल्मले चर्चा कमाएका थिए । ‘चिसो मान्छे’ को यतिबेला स्क्रिप्टमा काम भइरहेको छ । ‘यो लकडाउनको समयलाई फिल्मको स्क्रिप्ट लेखनमा सदुपयोग गरिरहेको छु, परिस्थिति सामान्य बन्नासाथ हामीले बाँकी काम थाल्छौं’ खनालले भने ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  १२ : २५ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,