सेभ द चिल्ड्रेनद्वारा १ करोड ७५ लाख बराबरको ७ थान भेन्टिलेटर सहयोग | Khabarhub Khabarhub

सेभ द चिल्ड्रेनद्वारा १ करोड ७५ लाख बराबरको ७ थान भेन्टिलेटर सहयोग


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ महामारी नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई ७ वटा आईसीयू भेन्टिलेटर हस्तान्तरण गरेको छ ।

एक करोड ७५ लाखबराबरका ती सामग्री आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सरकारलाई हस्तान्तरण गरिएको सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ग्लोबल फन्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रेनका तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेसन मेकानिजम (सीसीएम) अध्यक्ष रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ती भेन्टिलेटर मन्त्रालयको प्राथमिकताअनुसार प्रयोगमा आउनेछन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमुना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मेसिन) पनि उपलब्ध गराएको सेभ द चिल्ड्रेनले जनाएको छ । देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १० : ३४ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार