बूढानीलकण्ठ नगरले ५० शय्याको आइसोलेशन बनाउने | Khabarhub Khabarhub

बूढानीलकण्ठ नगरले ५० शय्याको आइसोलेशन बनाउने


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिए ।

आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ । बैठकले होम आइशोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक सङ्क्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ । उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक सङ्क्रमितको सहयोगीका रुपमा स्थानीयवासीलाई समेत राखिने भएको छ । आइसोलेशन सहयोगी सङ्क्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ ।

होम आइसोलेसशनमा रहने सङ्क्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत रु चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी सङ्क्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत रु ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ । यस्तै सङ्क्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार रु दुई हजान दिइने निर्णयसमेत भएको छ ।

सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टिन स्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिए ।

साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षायकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति रु एक हजार प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ । यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ ।

हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पीसीआर टेष्ट गरिएको छ । नगरपालिकामा जम्मा सङ्क्रमित १३० पुगेका छन् । यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन् । एक सय दुई जना कोरोना सङ्क्रमित अस्पताल तथा घरमा आइसोलेशनमा बसिरहेको नगरपालिकाले जनाएको छ । आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पीसीआर टेष्ट गर्ने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : ०३ बजे

मधेशका मुख्यमन्त्री यादवविरुद्ध रिटको पेसी न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं– मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा

पशुपतिनाथ र बौद्धनाथ जोड्ने सडकमा ‘अस्फाल्ट प्रविधि’ को कालोपत्र

काठमाडौं– विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ र बौद्धनाथ चैत्य जोड्ने

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौं– सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र प्रतिक्षाको

जेन-जी सुशासन योद्धाकी आमा भन्छिन् : ‘मम्मी’ भन्ने आवाजले झस्काइरहन्छ

काठमाडौं– छिमेकमा कसैले ‘मम्मी’ भनेर बोलाउँदा आफ्नै छोरोको आवाज जस्तो

अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

सिड्नी– अस्ट्रेलिया र इन्डोनेसियाले बुधबार नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर गर्न