सिनेमा हल बन्द हुँदा निर्मातालाई फाइदा ! | Khabarhub Khabarhub

सिनेमा हल बन्द हुँदा निर्मातालाई फाइदा !


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि नेपालमा चैत्र ११ गतेदेखि लकडाउन गरियो । फिल्म हल लकडाउन हुनुभन्दा पहिले नै बन्द गरिएको थियो ।

लकडाउनका कारण कुनै पनि फिल्म रिलिज हुन सकेका छैनन् । रिलिज मिति कुरेर बसेका आधा दर्जन फिल्म रिलिज नै हुन पाएका छैनन् ।

फिल्म ‘म यस्तो गीत गाउँछु २’, ‘प्रेम गीत ३’ लगायत केही फिल्मले त प्रचारमा खर्च समेत गरिसकेका थिए । तर, फिल्म रिलिज हुन पाएनन् ।

वर्षभरि रिलिज हुने फिल्ममध्ये २/४ वटा फिल्मले बाहेक अरु फिल्मले भने व्यापार गर्दैनन् ।

नेपालमा वर्षेनी रिलिज हुने फिल्ममध्ये धेरै फिल्म रिलिज हुने डुब्ने गरेका छन् । फिल्म निर्माण गरेर प्रायः निर्माताले घाटा बेहोर्नुपर्ने अवस्था आउँछ भने कतिपय निर्माताको उठिबास हुने गर्छ ।

अहिले फिल्म नबन्दा राम्रा फिल्म बनाएर फाइदामा जाने निर्मातालाई बाहेक अरु निर्मातालाई भने फाइदा पुगेको छ ।

यदि लकडाउन नभएको भए यो समयसम्म कैयन् फिल्मको काम सकिएको हुन्थ्यो । कति फिल्म रिलिज भएर पनि घाटामा पुगिसकेका हुन्थे ।

यद्यपि फिल्म क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माण गर्नुपर्ने नै हुन्छ । अब फिल्मको बजार पहिलेभन्दा झनै खस्किएको छ । यसै पनि फ्लप हुने फिल्मलाई अब लगानी उठाउन झनै गाह्रो पर्ने देखिन्छ ।

अब निर्माण हुने फिल्म कस्ता बन्नेछन् र भोलि निर्माता गतवर्षझैं मारमा पर्नेछन् या नेपाली फिल्मले दर्शक बटुल्नेछन्, त्यसका लागि भने अझै केही समय कुर्नुपर्ने छ ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ११ : १७ बजे

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको