भोजपुरका सीमा नाका १५ दिन बन्द « Khabarhub

भोजपुरका सीमा नाका १५ दिन बन्द


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- कोरोना भाइरस संक्रमण फैलन नदिन भन्दै भोजपुरका सीमानाका मंगलबारदेखि १५ दिनलाई बन्द गरिएको छ ।

छिमेकी जिल्लाहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भोजपुर प्रवेश गर्ने सबै नाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा रहेका साना ठूला होटल पनि बन्द गर्ने निर्णय भएको  भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुइटेलले जानकारी दिए ।

बैठकले होल्डिङ सेन्टर व्यवस्थापन तथा लेगुवाघाटमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय पनि गरेको छ ।

हेल्थ डेक्स र होल्डिङ सेन्टरलाई व्यवस्थित गर्न षडानन्द नगरपालिका र भोजपुर नगरपालिकाले ७/७ लाख व्यवस्था गर्ने भएका छन् ।

भोजपुरको देउरालीमा रहेको क्वारेन्टिनलाई २० वेडको आइसोलेसन बनाइने भएको छ । पर्यटन सूचना केन्द्र टक्सारमा १६ वेड, जिल्ला अस्पतालमा १० वेडको र जिल्ला अस्पतालको बिरामी कुरुवा भवनमा १४ वेड क्षमताको आईसोलेशन वार्ड बनाउने पनि निर्णय गरिएको छ ।

यसअतिरिक्त प्रत्येक पालिकाको स्वास्थ्य केन्द्रमा अक्सिजन सिलिन्डरसहित ५ वेड क्षमताको उपचार केन्द्र बनाउन सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने निर्णय भएको सहायक प्रजिअ लुइटेलले जानकारी दिए ।

 

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १२ : ३८ बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म