कोरोनाविरुद्धको 'लडाइँ' जित्न सबैको साथ अपरिहार्य : डा. कार्की | Khabarhub Khabarhub

कोरोनाविरुद्धको ‘लडाइँ’ जित्न सबैको साथ अपरिहार्य : डा. कार्की


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यहार नगर्न आग्रह गरेका छन् ।

निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवारसमेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उनले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरेका हुन् ।

डा कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने भन्दै यसमा सबैले साथ र सहयोग दिन पनि आग्रह गरे ।

काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने दुव्र्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल कमजोर हुने पनि डा कार्कीले बताए ।

उनले आगामी दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना नहुने समते अपेक्षा गरे ।

डा कार्कीले नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको पनि बताए । उनले जनस्वास्थ्यको मापदण्ड अपनाएमा कोरोना संक्रमण नसर्ने पनि बताए ।

उनले कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा रहेका संक्रमितसँग जनस्वास्थ्यको सुरक्षा अपनाउँदा डराउन नपर्ने उनको भनाइ छ ।

घर तथा समाजमा रहेका कोरोना संक्रमितलाई हेला र दुर्व्यवहार गर्न नहुने पनि उनले बताए ।

उनले कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने र रोल लागेपछि स्वास्थ्यकर्मीले नै हेरचाह गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : १० बजे

प्रधानमन्त्रीद्वारा द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)

नेपाली कांग्रेसमा ‘एआई’ बहसः नीतिगत व्यवस्थासँगै कार्यान्वयनमा जोड

पाटन – सूचना प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को विकास

क्यान्सर विजेताहरु हाम्रो प्रेरणाका स्रोत हुन् : डा. चालिसे

काठमाडाैं – भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल

सुक्खा सङ्कटग्रस्त मधेशमा तत्काल राहत दिनेगरी कार्ययोजना बनाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुक्खा सङ्कटग्रस्त

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय