कोरोनाविरुद्धको ‘लडाइँ’ जित्न सबैको साथ अपरिहार्य : डा. कार्की « Khabarhub

कोरोनाविरुद्धको ‘लडाइँ’ जित्न सबैको साथ अपरिहार्य : डा. कार्की


९ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यहार नगर्न आग्रह गरेका छन् ।

निषेधाज्ञा तथा लकडाउनको समयमा सबै व्यक्तिहरु घरमै रहेको अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी घरपरिवारसमेत छाडेर बिरामीको स्वास्थ्य उपचारमा खटिएको भन्दै उनले चिकित्सकमाथि कुनैपनि किसिमको दुर्व्यवहार नर्गन आग्रह गरेका हुन् ।

डा कार्कीले कोरोनाविरुद्धको लडाइँ चिकित्सककै प्रयासले मात्र जित्न नसकिने भन्दै यसमा सबैले साथ र सहयोग दिन पनि आग्रह गरे ।

काठमाडौं लगायतका शहरी क्षेत्रमा नै समाज तथा घरबेटीले गर्ने दुव्र्यवहारले गर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोवल कमजोर हुने पनि डा कार्कीले बताए ।

उनले आगामी दिनमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारको घटना नहुने समते अपेक्षा गरे ।

डा कार्कीले नेपालमा कोरोना संक्रमण र मृत्युदर बढ्दै गएको पनि बताए । उनले जनस्वास्थ्यको मापदण्ड अपनाएमा कोरोना संक्रमण नसर्ने पनि बताए ।

उनले कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । घरमै सुरक्षित रुपमा होम आइसोलेसनमा रहेका संक्रमितसँग जनस्वास्थ्यको सुरक्षा अपनाउँदा डराउन नपर्ने उनको भनाइ छ ।

घर तथा समाजमा रहेका कोरोना संक्रमितलाई हेला र दुर्व्यवहार गर्न नहुने पनि उनले बताए ।

उनले कोरोना संक्रमण जो सुकैलाई पनि हुनसक्ने र रोल लागेपछि स्वास्थ्यकर्मीले नै हेरचाह गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मीको मनोबल बढाउन पनि आग्रह गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ५ : १० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क