दीपक–रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’ « Khabarhub

दीपक–रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’


२६ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माता दीपकराज गिरी र रोहित अधिकारीको टिमअपमा निर्माण हुन लागेको नयाँ फिल्मको नाम ‘छ माया छपक्कै’ राखिएको छ । निर्माण टिमले सामाजिक सञ्जालमार्फत नयाँ फिल्मको नाम सार्वजनिक गरेको हो ।

यो फिल्मको निर्देशन समीक्षक तथा निर्देशक दीपेन्द्र लामाले गर्नेछन् । उनका अनुसार फिल्मको छायांकन बैशाखबाट शुरु हुनेछ भने दशैँमा रिलिज हुनेछ । निर्माण टिमले केही दिनमा फिल्मका कलाकारसमेत घोषणा गर्ने बताएको छ । यो फिल्मलाई हरि गुमागाईंले छायांकन गर्नेछन् । यद्यपि अन्य प्राविधिक टिमका बारेमा खुलाइएको छैन ।

‘छक्का पञ्जा’ टिमले निर्माण गर्न लागेकाले दर्शकमाझ यो फिल्मको प्रतीक्षा छ । वर्ष २०७५ मा दीपक–दीपाले निर्माण गरेको फिल्म ‘छक्का पञ्जा ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ८ : ५८ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र