सीपीएल क्रिकेट : जमैकाको दोस्रो जित, सन्दीपको शानदार बलिङ « Khabarhub

सीपीएल क्रिकेट : जमैकाको दोस्रो जित, सन्दीपको शानदार बलिङ

चार खेलमा सन्दीपको नाममा पाँच विकेट


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा जमैका तालावाजले दोस्रो जित हात पारेको छ ।

नेपाली युवा खेलाडी सन्दीप लामिछाने आवद्ध जमैका तालावाजले आज विहान भएको गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा पाँच विकेटको जित हासिल गरेको हो ।

वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।

उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनायो ।

नेपालका सन्दीपले आज पनि उत्कृत बलिङ गरे । सन्दीपले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए ।

यस्तै फिडेल एडवार्ड र मुजीब रहमानले ३/३ विकेट हात पारे । सन्दीप आवद्ध टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

सीपीएलमा सन्दीपको अहिलेसम्मको प्रदर्शन

जारी सीपीएल अन्तर्गत सन्दीपले हालसम्म शानदार प्रदर्शन जारी राखेका छन् । उनी आवद्ध जमैका ४ खेलमध्ये २ खेलमा पराजति भए पनि सन्दीपको प्रदर्शन भने प्रशंसनीय रहेको छ ।

आजको खेलमा उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए । उनले पहिलो पटक कुनै पनि बाउन्ड्रि खाएनन् ।

यसअघिका तीन खेलमा सन्दीपले पहिलो खेलमा एक विकेट लिएका थिए भने दोस्रो खेलमा पनि एक विकेट हात पारेका थिए ।

यस्तै तेस्रो खेलमा उनले २ विकेट लिएका थिए । उनले यो सिजन जारी रहँदा अहिलेसम्म चार खेलमा ७२ रन खर्चिएर पाँच विकेट लिन सफल भएका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ७ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर