लमजुङमा नेपाली सेनाका १७ जनामा कोरोना संक्रमण « Khabarhub

लमजुङमा नेपाली सेनाका १७ जनामा कोरोना संक्रमण


१० भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा १७ नेपाली सेनामा कोरोना भाइरस संक्रमण फेला परेको छ ।

केही दिनअघि त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङसँगै थप १७ जनामा संक्रमण देखिएको हो ।

लमजुङमै संक्रमण देखिएका अर्का व्यक्ति त्यहाँको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस्तै बेसीसहर–८ का अन्य दुई जनामा पनि संक्रमण देखिएको छ ।

यता पोखरामा स्वास्थ्यकर्मीमा संक्रमण देखिने क्रम जारी छ । पोखरा महानगरपालिका–११ मा स्थित साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विनोदविन्दु शर्माले पुष्टि गरेका छन् ।

यसअघि यहाँको गण्डकी अस्पताल,कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो । कास्कीको मादी गाउँपालिकाका अर्का ३९ वर्षीय पुरुष भने दुबईबाट आएका हुन् ।

नवलपरासीको गैंडाकोटकी ४० वर्षीया महिला पनि संक्रमित हुँदा गण्डकीमा थप २३ जना संक्रमित बढेका छन् । योसँगै गण्डकीमा संक्रमितको संख्या १९३६ र निको हुनेहरुको संख्या एक हजार ६४३ पुगेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ८ : ३३ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई