कब्जियत ठीक बनाउने ७ घरेलु उपाय « Khabarhub

कब्जियत ठीक बनाउने ७ घरेलु उपाय


१० भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

अहिले धेरै मानिसमा कब्जियतको समस्या देखिने गरेको छ । कब्जियत हुनुले पेटमा गम्भीर समस्या भएको हुनसक्ने संकेत गर्दछ ।

यो रोग सबै उमेरका मानिसमा देखिने गरेको छ । विशेषत कब्जियतबाट वृद्ध उमेरका मानिस बढी पीडित हुने गर्दछन् । यस्तोमा कब्जियत निको पार्न घरेलु उपचार पनि प्रभावकारी हुने गर्दछ । यसका लागी निम्नकुरा पालना गर्नुपर्दछ ।

१. कब्जियतमा सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि भनेको पानी हो । त्यसैले पटक पटक पानी सेवन गर्नुपर्छ । यसका अलावा खाना वा खाजामा पनि झोलयुक्त खाना खानु पर्दछ । प्रशस्त पानी पिएमा कब्जियतबाट मुक्त हुन सकिन्छ ।

२. हामी आजकल खानामा स्वाद हेर्ने गर्दछौ । तर खानाको पोषण शरीरलाई सबैभन्दा महत्वपुर्ण हुने गर्दछ । तसर्थ खानामा लापरबाहि नगरी जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त पौष्टिक खाना खाएमा कब्जियत नियन्त्रणमा आउने गर्दछ ।

३. कब्जियतबाट मुक्त हुन ताजा र स्वच्छ फलफूल तथा सागसब्जीको सेवन गर्नु पर्दछ । ताजा तरकारी र फलफुलमा उच्च पोषण, प्रशस्त फाइबर र तरल पदार्थ पाउने गरीन्छ । यसले हाम्रो पाचन प्रक्रियामा फाइदा पुर्याउँछ । तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियत हुने सम्भावना हुँदैन भने भएको कब्जियत पनि निको हुन्छ ।

४. भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित सेवनले कब्जियतलाई जरैबाट निको पार्ने गर्दछ ।

५. भटमासको तेल, तिल, जैतुनको गेडा, सब्जीको रस पनि कब्जियत निको पार्न उत्तम मानिन्छ । यी खाद्य पदार्थमा न्यून मात्रामा चिल्लो पदार्थ हुने भएकाले आन्द्रा चिल्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाट रोक्दछ ।

६. उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलै मलद्वार मार्फत निष्कासन गर्ने भएकाले यसको जुसले कब्जियतलाई जरैबाट निको पार्ने गर्दछ ।

७. कतिपय अवस्थामा उमेर र सम्भव भए अनुसार कब्जियत निको पार्न शारीरिक ब्यायाम गर्नु उपयुक्त हुन्छ । शारीरिक व्यायायले आन्द्रामा रहेको स्टुल फाल्ने गर्दछ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ९ : ११ बजे

करिब दुई हजार सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा

पाँचथरको याङवरकमा बाढीपहिरोका कारण सडक, झोलुङ्गे पुल र जलविद्युतमा क्षति

पाँचथर– अविरल वर्षापछि गएराति आएको बाढीपहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया

काठमाडौँ– जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी