कोरोना संक्रमित बढेपछि धनकुटामा एक साता थपियो निषेधाज्ञा  « Khabarhub

कोरोना संक्रमित बढेपछि धनकुटामा एक साता थपियो निषेधाज्ञा 


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा पुन: एक साताका लागि थप गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लाभरी एक साता पुन: निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार आगामी भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ विमलीले बताए ।

धनकुटामा यसअघि दुई सातादेखि निरन्तर निषेधाज्ञा जारी छ । बैठकले दैनिक उपभोग्य सामग्री बिक्रीका लागि बिहान ७ बजेदेखि १० र साँझ ५ देखि ७ बजेसम्म पसल खुला गर्न दिने निर्णय गरेको छ ।

बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तर्क्रियाका नाममा मानिस भेला पूर्ण रुपमा बन्देज गरिएको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ०३ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा