बिरालोलाई ‘सेक्युरिटी गार्ड’को जागिर ! « Khabarhub

बिरालोलाई ‘सेक्युरिटी गार्ड’को जागिर !


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- हाल कोरोना महामारीका कारण विश्व त्रस्त छ । यो विषम परिस्थितिमा धेरै मानिसले जागिरबाट हात धुनु परेको छ । कोही जागिरमा जाँदा कोरोना संक्रमण हुने पो हो कि ? भन्ने चिन्तामा छन् ।

विश्वमा धेरै मानिस कोरोना महामारीका कारण बेरोजगार बनिरहँदा अष्ट्रेलियामा भने एउटा बिरालोलाई सेक्युरिटी गार्डको जागिर दिइएको छ । त्यो पनि अस्पतालको ।

त्यसो त जनावरहरु काममा निकै वफादार हुन्छन् । उनीहरुलाई सिकाउने विभिन्न क्रियाकलापले यो पुष्टि गरिसकेको छ । कुकुरले सुरक्षा प्रदान गर्ने विषय सबैलाई थाहा भएकै विषय हो । तर अब अष्ट्रेलियाको एक अस्पतालमा बिरालोले समेत सुरक्षा प्रदान गर्ने भएको छ ।

अष्ट्रेलियाको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको समाचार अहिले सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ ।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड हो । उक्त बिरालोलाई अष्ट्रेलियाको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सेक्युरिटी गार्डको रुपमा जागिर दिएको हो ।

जो अहिले गेटमा सेक्युरिटीको काम गरिरहेको छ । उसको घाँटीमा आईडी कार्ड समेत लगाइदिइएको छ । बिरालोको घाँटीमा सेक्युरिटी गार्डको कार्ड झुण्ड्याइएको तस्वीर सामाजिक सञ्जालमा भाइरल समेत बनेको छ ।

हेरौं केही तस्वीर-

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ५ : ०८ बजे

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध : काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत