पहिरो पीडितलाई आश्रयस्थल | Khabarhub Khabarhub

पहिरो पीडितलाई आश्रयस्थल


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पीडितलाई युवा र विद्यार्थीले श्रमशिविर सञ्चालन गरेर आश्रयस्थल बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा सङ्घ र अनेरास्ववीयू म्याग्दीको टोलीले युवा र विद्यार्थी परिचालन गरेर आश्रयस्थल बनाएका हुन् । ६३ परिवारका लागि ५१ वटा जस्तापाटाले छाएको टहरा बनाएको राष्ट्रिय युवा सङ्घका नेता शिशिर शाहीले जानकारी दिए ।

गाउँपालिकाले जस्तापाटा खरिद गरेको थियो । राष्ट्रिय युवा सङ्घ म्याग्दीका संयोजक प्रवीन शाही र अनेरास्वबीयूका संयोजक सुवास विश्वकर्मा नेतृत्वको टोलीले टहरा छाउन श्रमदान गरेका थिए ।

पहिरोबाट घरबास गुमाएका र जोखिममा परेकाहरुको अस्थायी बसोबासका लागि गत साउनमा ४० जना युवा, विद्यार्थी नेतासहित स्थानीय युवाले पाँच दिन श्रमशिविर चलाएर ५१ वटा टहरा बनाएका थिए ।

सो टहरा छाएर पूर्णता दिन बुधबार र बिहीबार २० जनाले श्रमदान गरेका थिए । यसअघि टहरा बनाउनका लागि बाँस र काठ सङ्कलन गर्ने तथा व्यवस्थापनको काम गरेका थिए । बेशीमा ११, ठूलोगाउँमा ८, राम्चेमा १५ र कुम्रिमा १७ वटा टहरा बनाएका छन् ।

घण्टीवाङ र रिखका पहिरो पिडित बसेको आरवाङको जनविकास आधारभूत विद्यालयमा दुई वटा अस्थायी शौचालय र सेफ्टी ट्याङ्की बनाएका छन् ।
मराङको कल्लेनी, राम्चे, ठूलोगाउँ, कुम्रि र रिखमा पहिरोमा परी १९ जनाको मृत्यु भएको थियो । दुई जना अझै बेपत्ता छन् । पहिरोले १७ घरमा पूर्ण, १५ घरमा आंशिक क्षति र ७८ घर उच्च जोखिममा भएका वडा अध्यक्ष राजाराम सुवेदीले बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ५७ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

बैतडीको सुर्नयामा ठेउलाबाट बालबालिका प्रभावित

बैतडी– सुर्नया गाउँपालिकाको वडा ७ र ८मा ठेउला सङ्क्रमण फैलिदा

वर्षाले विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध

काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन