साउदीमा अवैधानिक रुपमा बसेका थप १२० जना नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा अवैधानिक रुपमा बसेका थप १२० जना नेपालीले पाए बहिर्गमन भिसा



दोहा : साउदीमा १२० जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये थप १२० जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले वहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलब्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो ।

दूतावासका अनुसार यो प्रकृया थालनी भएपछि यसअघि नै ६१८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेका छन् ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी चरणमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट हुने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  १० : ०५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह