आज ९२७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो « Khabarhub

आज ९२७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६ हजार ४५६ पुग्यो


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ थियो ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार २४२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २० हजार ७३ थियो ।

मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८३ पुगेको थियो । आज थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : २९ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार