रिया चक्रवर्तीले बताइन्, सुशान्त सिंह राजपूतको अन्तिम संस्कारमा किन गइनन् « Khabarhub

रिया चक्रवर्तीले बताइन्, सुशान्त सिंह राजपूतको अन्तिम संस्कारमा किन गइनन्


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्यापछि उनकी पूर्वप्रेमिका रिया चक्रवर्ती विवादमा तानिएकी छिन् । उनीमाथि अनुसन्धान चलिरहेको छ ।

सुशान्तका परिवारले रियाले सुशान्तको हत्या गरेको आरोप लगाएपछि भारतीय फिल्म जगतमा नेपोटिज्मको बहस एकाएक रियातर्फ मोडिएको थियो ।

सीबीआईले पनि रियासँग बयान लिइरहेको छ । कतिपयले रिया सुशान्तको अन्तिम संस्कारमा नगएको विषयमा प्रश्न उठाएका छन् ।

हालै एक अन्तर्वार्ताका दौरान रियाले आफू किन सुशान्तको अन्तिम संस्कारमा गइनन् भन्ने प्रष्ट पारेकी छिन् ।

रियाले भनिन्, ‘म उनको अन्तिम संस्कारमा जान चाहन्थें तर मेरा केही साथीले फोन गरेर नजान सल्लाह दिए ।’

उनले सुशान्तका परिवारले आफूलाई घृणा गर्ने कारण अन्तिम संस्कारमा जाने व्यक्तिको सूचीमा आफ्नो नाम नराखेको दाबी गरेकी छिन् ।

‘सुशान्तका परिवारले मलाई मन पराउँदैनन्, मैले थाहा पाएँ कि, उक्त लिस्टमा मेरो नाम छैन,’ रियाले भनिन्, ‘साथीले मलाई यदि म गएँ भने बेइज्जत गर्छन् भनेर फोन गरे, त्यसैले गइनँ ।’

सुशान्तको मृत्युबारे रियाले कसरी थाहा पाइन् ? यसबारेमा पनि रियाले जवाफ दिएकी छिन् । उनले १४ जुनमा आफू भाइसँग घरमा भएको र एक साथीले फोन गरेर उनको मृत्युको हल्ला फैलिरहेको सुनाएको बताएकी छिन् ।

‘साथीले फोन गरेर सुशान्तलाई यसबारेमा बोल्न भनिरहेकी थिई, त्यतिबेला मलाई यो कसरी हुनसक्छ भन्ने लागेको थियो, तर, १५ मिनेटमै यो खबर सत्य भएर आयो,’ उनले भनिन् ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ४ : १९ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ