पोखरामा निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर प्रणाली | Khabarhub Khabarhub

पोखरामा निषेधाज्ञा खुकुलो, सवारीमा जोरबिजोर प्रणाली


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा खुकुलो पारिएको छ । कास्की प्रशासनले आदेश जारी गर्दै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने जनाएको छ ।

पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो  । पहिलोपटक ७ गतेसम्मलाई लागू भएको निषेधाज्ञा १२ गतेसम्मलाई थपिएको थियो ।

आज प्रशासनले आदेश जारी गर्दै यात्रुबाहक सार्वजनिक सवारी साधनहरु (बस, माइक्रोबस) सञ्चालन नगर्न प्रशासनले आदेश गरेको छ । ट्याक्सी र निजी गाडी भने जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका मात्रै चलाउन भनेको छ ।

‘ती साधनहरु बिहान ६:०० बजे देखि साँझ ८: ०० बजेसम्म सञ्चालन गर्न सकिने, ‘प्रशासनको आदेशमा भनिएको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकपछि प्रमुख जिल्ला अधिकारी (सीडीओ) ज्ञानप्रसाद ढकालले यो आदेश जारी गरेका हुन् ।

जारी आदेशमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न तथा सबै धर्म, संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु आयोजना गर्न तथा सहभागी हुन प्रतिबन्ध लगाइएको छ ।

होटल तथा रेस्टुरेन्टहरु सञ्चालनको हकमा टेक अवे सेवा मात्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्न सकिने भएको छ ।

प्रशासनले अत्यावश्यक कामका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न, दुई मिटरको भौतिक दुरी कायम गर्न, पटकपटक साबुन पानीले हात धुन तथा स्यानिटाइजरको प्रयोग गर्न पनि भनेको छ ।

यस्तो छ प्रशासनद्वारा जारी आदेश

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ७ : ४६ बजे

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा

कम्युनिस्टले खनेको नख्खु जेलको त्यो सुरुङ…

काठमाडौं– सहकारी ठगी प्रहरणमा पुर्पक्षका लागि भैरहवा कारागारमा बन्दी जीवन

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान