अहिलेसम्म खेलाडी र पदाधिकारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

अहिलेसम्म खेलाडी र पदाधिकारीसहित ४६ जनामा कोरोना संक्रमण पुष्टि


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली खेलकुद क्षेत्रका खेलाडीदेखि पदाधिकारीसम्म गरी हालसम्म ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नेपाल ओलम्पिक कमिटिका महासचिवसहित ३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमीतको संख्या ४६ पुगेको हो ।

संक्रमितमध्ये सबैभन्दा बढी सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका खेलाडी र अफिसियल रहेका छन् । जसमा २९ जना खेलाडी र ७ जना अफिसियलमा संक्रमण पुष्टि भएको बताइएको छ ।

३७ जनामध्ये ८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । एपीएफका संक्रमितमा डब्लुटिफ, कराते, भलिबल, ह्यान्डबल र फुटबलका खेलाडी रहेको एपीएफ स्रोतले जानकारी दिएको छ ।

एपीएफले दक्षिण सीमा सुरक्षामा पठाएका मध्ये ३६ जनामा कोरोना देखिएको थियो। यस्तै, अन्यमा स्क्वास खेलका उपाध्यक्ष र मुख्य प्रशिक्षक रहेकामा कोरोना पुष्टि भएको छ भने नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिवसहित ५ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) मा २०० जनाको परीक्षण गर्दा एनओसीका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, प्रदेश २ मा रहेका युवा क्रिकेटहरु २ जनामा पनि संक्रमण देखिएको बताइएको छ । राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा पनि कोरोना संक्रमण देखिएको हो ।

अहिले नेपालमा कोरोना संक्रमीतको संख्या भने ३६ हजार ४ सय ५६ जनामा पुष्टि भइसकेको छ । कोरोनाकै कारण नेपालमा १ सय ९५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ०४ बजे

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०