चेन्नई सुपरकिंग्सका खेलाडीसहित १२ जनामा कोरोना « Khabarhub

चेन्नई सुपरकिंग्सका खेलाडीसहित १२ जनामा कोरोना


१२ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न युएई पुगेको चेन्नई सुपर किंग्सका केहि खेलाडीसहित सपोर्ट स्टाफका सदस्यहरुलाई कोरोना पोजेटिभ देखिएको छ ।

क्रिकइन्फोका अनुसार विहीबार गरिएको परिक्षणमा चेन्नईका १२ सदस्य संक्रमित भएको जनाइएको छ । संक्रमित हुनेमा एक जना भारतीय राष्ट्रिय टिमबाट खेल्ने तीब्र गतिका बलर समेत रहेका छन् ।

आईपीएल प्रोटोकल अनुसार आईपीएल खेल्ने खेलाडी र सपोर्ट स्टाफको युएई विमानस्थलमा पहिलो टेस्ट हुन्छ भने होटलमा क्वारेन्टाइन बस्दा पहिलो, तेस्रो र पाँचौ दिन गरेर ६ दिनको क्वारेन्टाइन अवधिमा तीन पटक परिक्षण हुने बताइएको छ ।

चेन्नईका १० जनालाई पाँचौ दिनको दिन गरिएको तेस्रो राउण्डको परिक्षणमा पोजेटिभ देखिएको हो ।

योसँगै चेन्नईको टिमको क्वारेन्टाइन अवधि बढाईएको बताइएको छ भने उनीहरुको ट्रेनिंग समेत अहिले स्थगित गरिएको छ । चेन्नईको टिम अगस्त २१ मा दुबई पुगेको थियो ।

यस सिजनको आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुँदैछ । आईपीएलका खेल युएईका तीन शहर आबुधाबी, शारजाह र दुबईमा खेलिने भएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ८ : ३० बजे

केपी ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोरो सुविधाबापत्

इरान र अमेरिकाबीचको युद्ध अन्त्यको संकेत

काठमाडौं । इरान र अमेरिका युद्ध अन्त्यको सहमति नजिक पुगेका

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक 

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

पाटनमा दाजुभाइमाथि चक्कु प्रहार घटना : सञ्जीवसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं । ललितपुरको पाटनमा दुई दाजुभाइमाथि चक्कु प्रहार गरी हत्या

संविधान संशोधन बहसपत्र कार्यदलले गर्याे पूर्वन्यायाधिवक्ता र कानुनविद्सँग छलफल

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले