आजको मौसम : सामान्य बदलीदेखि हल्का वर्षाको सम्भावना « Khabarhub

आजको मौसम : सामान्य बदलीदेखि हल्का वर्षाको सम्भावना


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो भने देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश न. १ का एक वा दुई स्थानमा भारी भने वर्षाको समेत सम्भावना छ। यसैगरी राती पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

मौसमविद् मञ्जु बासीका अनुसार अहिले बिहान केहि ठाउँमा पानी परेको छ । उनले आज सामान्य रुपमा पानी परेपनि बाढी पहिरो डुबान हुनेगरी पाउने आउने सम्भावना कम रहेको बताएकी छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ १३ गते (शनिबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश न. १ को एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भदौ १४ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

भदौ १५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

राति : प्रदेश न. १, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश न.१, प्रदेश न. २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ७ : ३७ बजे

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङ– दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती

प्रेस चौतारीमा विवाद: अध्यक्ष पाण्डे असफल भएको ठहर गर्दै विशेष महाधिवेशन गर्ने निर्णय

काठमाडौँ – एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालभित्रको आन्तरिक

ट्राफिक कारबाहीबाट ४ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीबाट ४ लाख

नेपालमा ३० प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विभिन्न चेतनामूलक कार्यक्रमसहित

हुम्लामा विद्युत सेवा अवरुद्ध

हुम्ला– हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको