विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस, चार दिनमा उठाइयो शव | Khabarhub Khabarhub

विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस, चार दिनमा उठाइयो शव


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङको विराटनगरमा कोरोना संक्रमितको शव उठाउन सकस परेको छ ।

न्यूरो अस्पतालबाट कोरोना संक्रमितको शव चार दिनपछि बल्लतल्ल व्यवस्थापन भएको अस्पताल प्रशासनले जनाएको छ । मंगलबार मृत्यु भएका कोरोना संक्रमितको शनिबार स्थानीय प्रशासनले शव उठाएको अस्पतालका निर्देशक ईञ्जिनियर रञ्जित राज बस्नेतले जानकारी दिए ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउँदा र महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा अलपत्र परेको थियो ।

बस्नेतका अनुसार कुरुवाका रुपमा अस्पतालमा रहेका ती व्यक्तिका छोरा पनि संक्रमितको मृत्यु भएपछि सम्पर्कविहीन भएका थिए ।

परीवारका सदस्यले नै चासो नदेखाएपछि स्थानीय प्रशासनले नै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

एम्बुलेन्समा शव न्युरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखिदिएका थिए । वृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्फको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार रुपैयाँ पनि छुट गरिएको अस्पतालका निर्देशक ई. बस्नेतले जानकारी दिए ।

टाउकाको नसा सुकेर प्यारालाईसिस भएका पुरुषलाई साउन ३१ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा गत मंगलबार मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ३ : २० बजे

भारत र फिजीका रक्षा अधिकारीबीच बैठक सम्पन्न

काठमाडौं– भारत र फिजीका अधिकारीबीच रक्षा सहकार्यबारे संयुक्त कार्यसमूहको बैठक

राहदानी ठेक्का प्रकरणमा पुनरावलोकन समितिको ठहर – ‘अन्यथा मान्न सकिएन’

काठमाडौँ – राहदानी विभागले मङ्सिरमा अघि बढाएको ६० लाख थानभन्दा

कांग्रेस–एमालेबीच तीन किचलो : भूमि, ‘कुलिङ पिरियड’ र तातेको शीतलनिवास

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट देखिएको

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान