काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार नजिक « Khabarhub

काठमाडौँ उपत्यकामा १८६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ हजार नजिक


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार नजिक पुगेको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा थप १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौँ उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ४ हजार ९९७ पुगेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १९ जना गरी जम्मा १८६ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँमा कोरोना संक्रमितको संख्या ३ हजार ९६० पुगेको छ । यस्तै ललितपुरमा ६०६ र भक्तपुरमा कोरोना संक्रमितको संख्या ४३१ पुगेको छ ।

यसअघि शुक्रबार काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ३५०, ललितपुरका ११ र भक्तपुरका ५४ जना संक्रमित भएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ५ : ३१ बजे

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

चितवन– चितवनका स्थानीय महिला सुत्केरी सेवाका लागि स्थानीय स्वास्थ्यचौकी, बर्थिङ

शिक्षा मन्त्रीविरूद्ध ‘नेपो बेबी मुर्दावाद’ को नारा, ५ जना पक्राउ (तस्बिरहरू)

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।   त्रिभुवन विश्वविद्यालयको

पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा सबैभन्दा

अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण

भद्रपुर– अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले आज जग्गाधनी

कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण

बागमती– साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले अघिल्लो आर्थिक वर्षमा कृषकलाई १७