प्राकृतिक विपद्ले दाङमा दुई करोडको क्षति | Khabarhub Khabarhub

प्राकृतिक विपद्ले दाङमा दुई करोडको क्षति


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा चार महिनामा प्राकृतिक विपदका घटनाबाट करिब दुई करोड रूपैयाँको क्षति भएको छ ।

जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण एक करोड ८० लाख ९१ हजार ४४० रूपैयाँ बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना अधिकारी  अजेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिना भएको छ । साउनमा मात्रै एक करोड चार लाख ५४ हजार १५० रूपैयाँ बराबरको क्षति भएको छ ।

अन्य महिनाको तुलनामा साउनमा बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ ।

साउनमामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् । केन्द्रका अनुसार साउनमा भारी वर्षात्का कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ घटना भएका छन् ।

यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका नौ, करेन्ट लागेका तीन र आगलागीका एक  घटना भएका छन् । यसैगरी असारमा १९ विपद्का घटनामा परेर रु ४५ लाख ८७ हजार २९० बराबरको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिए।

यसैगरी प्राकृतिक विपद्का कारण जेठमा रु १३ लाख ५० हजार र वैशाखमा आठ लाख बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । जेठमा प्राकृतिक विपद्का आठ र वैशाख महिनामा छ घटना भएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ६ : २४ बजे

प्रयागराज महाकुम्भमा भागदौड : ज्यान गुमाउने तीर्थालुको संख्या ३० पुग्यो

काठमाडौं– भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा चलिरहेको कुम्भ मेलामा गएराति भागदौड

८४ को चुनावलाई चाहिने कानुनबारे काङ्ग्रेस-एमालेको अलमल, थ्रेसहोल्डमै उल्झन

काठमाडौं – निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्ने जिम्मा अहिलेका सत्ताधारी दुई

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि

काठमाडौं– नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा

अर्थसंक्षेप : कांग्रेसको स्टार्टअप सम्मेलन सुरु, १०२ कम्पनीले शेयर धितोमा राखेर कर्जा पाउने

काठमाडौं– नेपाली कांग्रेसले स्टार्टअप सम्मेलन सुरु गरेको छ । राष्ट्रिय

घरेलु फुटबलबाट पनि सन्यास लिइन् अनुले

काठमाडौं– नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि