स्वास्थ्यकर्मीमा संक्रमण भएपछि दुम्कौलीमा आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द « Khabarhub

स्वास्थ्यकर्मीमा संक्रमण भएपछि दुम्कौलीमा आकस्मिक र प्रसूति बाहेकका सेवा बन्द


१३ भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

केन्द्रमा कार्यरत ४६ वर्षीया महिला कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको हो ।

जिल्लाको देवचुली नगरपालिकास्थित सो केन्द्रमा कार्यरत सबै कर्मचारीको पिसीआर परीक्षण गर्नुपर्ने भएकाले त्यसको नतिजा नआउन्जेल सम्मका लागि आकस्मिक र प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्रीले जानकारी दिए ।

सेवा बन्द गरेर केन्द्रको निर्मलीकरण गर्ने काम भइरहेको समेत उनले बताए । पछिल्लो समय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  १० : १६ बजे

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम

लिङ्देनमाथि खनिए राप्रपा बागमतीका नेता : आरोप गर्न नभए माफी माग्न २४ घण्टे अल्टिमेटम

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिले पार्टी अध्यक्ष

गण्डकीमा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशका १० जिल्लामा गत पुस–माघदेखि हालसम्म दुई हजार