रिया चक्रवर्तीसँग सोधपुछ गर्ने डीसीपी अभिषेकमा देखियो कोरोना « Khabarhub

रिया चक्रवर्तीसँग सोधपुछ गर्ने डीसीपी अभिषेकमा देखियो कोरोना


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा रिया चक्रवर्तीसँग सोधपुछ गर्ने मुम्बई प्रहरीका डीसीपी अभिषेक त्रिमुखेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

त्रिमुखेका परिवारका अन्य सदस्यमा पनि कोरोना देखिएको छ । रियासँग त्रिमुखेले फोनमा कुरा गरेको भन्दै सवाल पनि उठाइएको थियो ।

रियाको कल डिटेल्सका आधारमा सुशान्तको आत्महत्यापछि रियाले त्रिमुखेसँग चारपटक फोन सम्पर्क गरेको खुलेको थियो ।

सोधपुछका क्रममा रिया‌लाई पनि संक्रमण हुनसक्ने अनुमान गरिएको छ ।

कलाकार सुशान्त सिंह गत १४ जुनमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएका थिए । पोस्टमार्टम रिपोर्टमा घाँटीमा पासो लगाएर सास फेर्न गाह्रो भई ज्यान गएको देखिएको थियो ।

सुशान्तका पिताले रिया चक्रवर्तीका कारण आफ्नो छोराले ज्यान गुमाएको भन्दै प्रहरीमा उजुरी दिएपछि रिया विवादमा तानिएकी छिन् । यस विषयमा सीबीआईले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  १२ : ०४ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार