भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, ७९ हजार बढीमा संक्रमण | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, ७९ हजार बढीमा संक्रमण


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ ।

पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै धेरै ७९ हजार ४५७ जना संक्रमित छन् । योसँगै सोमबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख १९ हजार १६९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २७ लाख ७२ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८१ हजार ६२४ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६४ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ९६० जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६४ हजार ६१७ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ५ : ४३ बजे

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं– एनएमबि बैंक लिमिटेडले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका