भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित | Khabarhub Khabarhub

भारतको ओडिशामा बाढीले १७ जनाको मृत्यु, हजारौँ प्रभावित


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको ओडिशामा भारी वर्षापछिको बाढीले कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

छत्तीसगढ, झारखण्ड र ओडिशामा भएको भारी वर्षापछिको बाढीले १७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

महानदीसहितका अरु नदीमा आएको बाढीले राज्यका २० जिल्लाका हजारौँ मानिस प्रभावित भएका छन् । बाढी र डुबानले कयौँका घरमा खाद्यान्न र सफा पानीको समेत अभाव भएको बीबीसी हिन्दीले जनाएको छ ।

कटक, जाजपुर, केन्द्रपडा, खोर्धा, पुरी र भद्रक जिल्लामा जनजीवन प्रभावित भएको छ । बाढीपछि ३ हजार २५६ गाउँ प्रभावित भएका छन् भने ३४० वटा बस्तीमा यातायात टुटेको छ । ती क्षेत्रमा २ लाख ५० हजारभन्दा बढी विस्थापित भएको बताइएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ८ : ५१ बजे

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान