भारतमा कोरोनाले थप ६८ हजारमा संक्रमण, मृतक संख्या ६५ हजार नाघ्यो | Khabarhub Khabarhub

भारतमा कोरोनाले थप ६८ हजारमा संक्रमण, मृतक संख्या ६५ हजार नाघ्यो


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा ६८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार यो समाचार तयार पार्दासम्म ६८ हजार ७७० जना संक्रमित भएका छन् । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ३६ लाख ८७ हजार ९३९ पुगेको छ ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २८ लाख ३७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ८५ हजार १२७ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८१८ जनाको मृत्यु भएसँगै  भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६५ हजार ४३५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ५ : ४० बजे

एनएमबि बैंकका ग्राहकले याडिया इलेक्ट्रिक स्कुटर किन्दा छुट पाउने

काठमाडौं– एनएमबि बैंक लिमिटेडले याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु

चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण

चितवन– जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ६ जनामा

नेपाली क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल क्रिकेट टिमको नयाँ

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

दैलेख– जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको

नख्खु र झुम्का कारागारबाट भागेका तीन कैदी सङ्खुवासभाबाट पक्राउ

सङ्खुवासभा – जेनजी प्रदर्शनका क्रममा नख्खु र झुम्का कारागारबाट भागेका