फुटबलर डेभिड सिल्भालाई पनि कोरोना संक्रमण पुष्टि « Khabarhub

फुटबलर डेभिड सिल्भालाई पनि कोरोना संक्रमण पुष्टि


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – स्पेनिस क्लव रियल सोसिडाडका मिडफिल्डर डेभिड सिल्भालाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोसिडाडले सोमबार सिल्भालाई कोरोना देखिएको पुष्टि गरेको हो ।

कोरोना देखिएपछि सिल्भा सेल्फ आईसोलेसनमा रहेको र उनलाई कोरोनाको कुनै पनि लक्षण नभएको क्लबले जनाएको छ ।

स्पेनिस मिडफिल्डर सिल्भाले दुई साताअघि सोसिडाडसँग २ वर्षको सम्झौता गरेका थिए । ३४ वर्षीय सिल्भा म्यान्चेस्टर सिटीमा १० वर्ष बिताएर स्पेन फर्किएका हुन् ।

सिल्भा सन् २०१० मा भ्यालेन्सियाबाट सिटी गएका थिए । उनले सिटीबाट ४ सय ३६ खेल खेल्दै १४ उपाधि जितेका थिए ।

उनले प्रिमियर लिगमा ३ सय ९ खेल खेल्दै ६० गोल गरेका थिए । र, सिटीलाई सन् २०१३, १८, १८ र १९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

सिल्भाले दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले सन् २०१० मा विश्वकप जित्दा टोलीका सदस्य थिए । उनले स्पेनबाट युरो २००८ र २०१२ को उपाधि समेत जितेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : २३ बजे

स्ट्रेट अफ हर्मुजमा ट्याङ्कर र व्यवसायिक जहाजमाथि गोलाबारी

काठमाडौं- स्ट्रेट अफ हर्मुजमा रहेको तेल ट्याङ्कर र व्यवसायिक जहाजलाई

सिक्टा सिँचाइ आयोजना : २० वर्षमा ४६ प्रतिशत भौतिक प्रगति

राँझा– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना सुरु भएको

एक अर्ब ४७ करोड बढी राजस्व सकंलन

चितवन– गत आर्थिक वर्षमा भन्दा चालु आवमा एक अर्ब ४७

ट्रम्प धेरै बोल्छन् : इरानी उपविदेशमन्त्री

काठमाडौं- इरानी उपविदेशमन्त्री सइद खातिबजादेहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको निर्देशन, यी हुन् क्षेत्रहरू 

काठमाडौं– गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’