विश्वमा एकैदिन २ लाख ४४ हजारलाई कोरोना संक्रमण, ४२ सय बढीको मृत्यु | Khabarhub Khabarhub

विश्वमा एकैदिन २ लाख ४४ हजारलाई कोरोना संक्रमण, ४२ सय बढीको मृत्यु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर एकै दिन २ लाख ४४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ४४ हजार ५५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै मंगलबार यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या २ करोड ५६ लाख ३२ हजार २०३ पुगेको छ ।

संक्रमितमध्ये ६९.९७ प्रतिशत अर्थात १ करोड ७९ लाख ३७ हजार ६२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै एकै दिन थप ४ हजार २२१ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख ५४ हजार ६८५ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ७ हजार ७३५ जनाको मृत्यु भएको छ । ३५ लाख ८१ हजार ९७० जना संक्रमित भएकोमा २० लाख ७३ हजार ३७२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ७१ हजार ३८७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७३ लाख ५९ हजार ३५३ पुगेको छ । त्यसमध्ये ४२ लाख ४१ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ४२ हजार ४८२ जनाको मृत्यु भएको छ । ७० लाख ८६ हजार ४२२ जना संक्रमित भएकोमा ५६ लाख ८४ हजार ६९३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख २ हजार ५१८ जनाको मृत्यु भएको छ । ६३ लाख १७ हजार ७५५ जना संक्रमित भएकोमा ४९ लाख २६ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २९ हजार ८८२ जनाको ज्यान गएको छ भने १२ लाख ५७ हजार ३१६ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ८७ हजार ३९८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ६८६ जनाको मृत्यु भएको छ । २८ हजार ६६६ जना संक्रमित भएकोमा २३ हजार ४३१ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ६ : ५२ बजे

कार्तिक कृष्ण त्रयोदशीः धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार

काठमाडौं – प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग

कस्तो होला तिहारको मौसम ?

काठमाडौं – नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक