तस्वीरमा हेर्नुहोस् खुलामञ्चमा खाना खानेको लाइन « Khabarhub

तस्वीरमा हेर्नुहोस् खुलामञ्चमा खाना खानेको लाइन



काठमाडौं- कोरोना संक्रमण बढ्दै गएपछि अहिले काठमाडौंमा निषेधाज्ञा छ । मानिसको चहलपहल पनि कम छ । स्थानीय प्रशासनले अत्यावश्यक बाहेकका काममा घरबाहिर निस्कन प्रतिबन्ध नै लगाएको छ ।

यो अवस्थामा धेरैको रोजगारी गुमेको छ । दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउनेको जीवन अझै सकसपूर्ण बनेको छ ।

यसरी समस्यामा परेका व्यक्तिलाई हन्ड्रेड समूह र मानवी क्रिएटिभ फाउन्डेसनले निरन्तर खाना खुवाउँदै आएको छ । सरकारले लकडाउन जारी गरेदेखि गत चैत १८ गतेबाट यी स्वयंसेवी संस्थाले निरन्तर खाना खुवाउँदै आएका छन् ।

अहिले यो समूहले काठमाडौंको खुलामञ्चमा नि:शुल्क खाना वितरण गर्दै आएको छ । खाना खान सयौंको संख्यामा मानिस भेला हुने गरेका छन् ।

खाना खान काठमाडौंको खुलामञ्चस्थित बस टर्मिनल क्षेत्रमा दिउँसो ३ बजेदेखि नै मानिसहरु भेला हुन्छन् । मानिसहरुको संख्या बढ्दै ४ बजेतिर ४ देखि ५ सय हाराहारी पुग्छन् । शहरमा खानेकुराको अभावमा छाक टार्न समस्या परेकाहरु साढे ४ बजे स्वयंसेवकहरुले वितरण गर्ने खाना पर्खेर बसेका हुन्छन् ।

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाएका स्वयंसेवकले सुरुमा खाना खान बस्ने क्षेत्र निसंक्रमण (डिस इन्फेक्सन) गर्छन् । खाना खान आउनेहरुको तापक्रम नाप्छन् । ज्वरो आएकाहरुलाई अलग्गै राखेर खाना दिन्छन् ।

स्वयंसेवकहरुले पहिले पशुपति, गुह्येश्वरी, स्वयम्भूलगायतका क्षेत्रमा मोटरसाइकलमा खाना पुर्‍याएर मजदुरलाई वितरण गरे पनि अहिले खुलामञ्चमा मात्र खुवाउने गरिएको छ । अहिलेसम्म देश विदेशमा रहेका शुभचिन्तक र सामाजिक अभियन्यताहरुको सहयोगमा खाना खुवाउँदै आएको एक अभियन्ता बद्रीप्रसाद ढुंगानाले जानकारी दिए ।

पहिलो चरणको लकडाउनमा दिनमा एक हजार जना भन्दा बढीले खाना खाए पनि अहिले ४ देखि ५ सयको हाराहारीमा हुने गरेका छन् । उनीहरुले स्वयंसेवक टोलीकै सदस्य अंशु यादवको वानेश्वरस्थित घरमा खाना पकाएर साढे ४ बजे खुलामञ्च लिएर जाने र वितरण गर्ने गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : ३८ बजे

कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

कर्णाली– कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको विकासमा केन्द्रित हुन

‘संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ’

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता