बिक्रमको श्वरमा पासाङको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित) | Khabarhub Khabarhub

बिक्रमको श्वरमा पासाङको ‘सयौं डाँडा काट्दै आएँ’ (भिडियोसहित)


१५ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ ।

परदेशीको  व्यथा समेटिएको यो गीतमा ९ महिना हिडेर अमेरिका पुग्नेहरुको पीडालाई देखाइएको छ ।

गीतमा बिक्रम बरालले श्वर दिएका छन् । बराल नेपाल आइडल सिजन- २ का उपविजेता हुन् । उनले नेपाल आइडलमा भर्सटायल गायकको उपाधि पाएका थिए ।

हरि लम्सालको संगीत रहेको गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी र अजय कार्की हुन् । गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

गीतको भिडियोमा गौरव पहाडी र वर्षा राउतले अभिनय गरेका छन् । गीतकार शेर्पा लामो समयदेखि अमेरिकामै रहे पनि नेपाली गीत संगीतमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

उनले भने, ‘हामी खुशीका लागि विदेश भौतारिन्छौं । विदेशमा सुख मिल्ला तर खुशी आफ्नै देशमा मिल्छ । ढिंडो नै खाए पनि आफ्नै देशमा जस्तो खुशी विदेशमा हुँदैन । गीतमा यही कुरा देखाइएको छ ।’

उनले यो छैटौं गीत हो । उनका केही गीत बजारमा ल्याइसकेका छन् भने केही रिलिज गर्दै तयारीमा रहेका छन् ।

उनले २१ वर्ष अगाडि ‘तल पर्यो सल्लेरी माथि नाम्चे गाउँ’ बोलेका पहिलो गीत बजारमा ल्याएका थिए ।  उक्त गीतमा लाक्पा शेर्पाले श्वर दिएका थिए ।

पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु चर्चित छन् ।  नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ पनि दर्शक तथा श्रोताले रुचाउनेमा आफू आशावादी रहेको गीतकार शेर्पाले बताए ।

‘सयौं डाँडा काट्दै आएँ’ (भिडियो)

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : १८ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत