नेपालमा भिभोले स्मार्टफोन ईनोभेशनको अर्को लहर सुरु गर्दै « Khabarhub

नेपालमा भिभोले स्मार्टफोन ईनोभेशनको अर्को लहर सुरु गर्दै


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘बेनफेन’शब्दको अर्थ चिनियाँ भाषामा राम्रो कामहरु गर्नु र राम्ररी गर्नु हो, जसले भिभोको राम्रोको लागि प्रविधिनिर्माण गर्ने लक्ष्यलाई वर्णन गर्दछ ।

विश्व बजारमा नेतृत्व गर्दै आईरहेको स्मार्टफोन ब्राण्ड, भिभोले आफ्नो प्रयोगकर्ताहरुलाई उत्कृष्ट प्रविधि र अनुभव दिलाउने विश्वास राख्दछ र सधैं यी सिद्धान्तहरुमा काम गरको छ ।

नेपाली बजारमा प्रवेश गरेको ३ वर्ष भन्दा कम समयमा, भिभोले स्मार्टफोन प्रविधि निर्माणमा आफ्नो लागी राम्रो स्थान बनाउन सफल भएको छ । नेपालमा २०१७ मा प्रवेश गरेदेखि भिभोले नेपाली युवाहरुको विकासशील जीवनशैली र बजेट प्राथमिकता मध्यनजर गर्दै विभिन्न विशेषताका आफ्ना ३ विभिन्न सिरिज भी, एस र वाईका स्मार्टफोन भित्राएको छ ।

यो छोटो अवधिमा, भिभो बजारमा एक नयाँ ब्राण्डदेखि नेपालको उत्कृष्ट शीर्ष स्मार्टफोन ब्राण्डहरु मध्ये एक हुन सफल भएको छ।

भिभोले सधैं ग्राहक केन्द्रित नवीनतामा विश्वास गरेको छ, जसको सार नेपालबजारमा सुरु गरिएको तीनै सिरिजमा देख्न सकिन्छः भी सिरिज, एस सिरिज र वाई सिरिज ।

भी सिरिज, यसको अत्याधुनिक फोटोग्राफी भी १५ प्रो र भी १७ प्रो मार्च २०१९ र सेप्टेम्बर २०१९ मा क्रमशःभित्राईएको थियो र एआई क्यामेरा, बलियो ब्याट्री र सशक्त प्रदर्शनको लागी जबरजस्त प्रतिक्रिया प्राप्त गरेको थियो ।

जुलाई २०२० माभित्राईएको भी १९ लाई यसको सुपर नाईट सेल्फी, अरा स्क्रिन लाईट र सुपर–वाईड–एन्गल् साथ डुअल फ्रन्ट ३२ एमपी ं ८ एमपी क्यामेराको साथ एआई भिडियो एडिटर् र आकर्षक ३ डी कर्भको लागी बजारका युवा फेशन प्रेमी उपभोक्ताहरुबाट सम्मान पाएको थियो ।

अहिले ५ जीले नेपाल बजारमा फिचर फोन–टु–स्मार्टफोन माईग्रेसन प्रक्रियालाई प्रभावकारी ढंगले विस्तार गर्नेमा भिभो विश्वास गर्दछ ।

एक अग्रणी विश्वव्यापी प्रविधि कम्पनीको रुपमा, भिभो सँधै दूरसंचार प्रविधिविकास र मानकीकरणको हिस्सा रहेको छ । मे २०२० सम्ममा, भिभोले २,००० भन्दा बढी ५ जी आविष्कार अनुमतिहरुका लागी निवेदन गरेको छ र ३,८०० भन्दा बढी ५ जी प्रस्तावहरु थर्ड जेनेरेसन पार्टनरसिप प्रोजेक्ट (3GPP)को दूरसञ्चार मानकविकास संस्थाहरुलाई पेस गरी 3GPP को दशशीर्ष प्रभावशाली ब्रान्डहरुको सूचीमा रहेको छ ।

संचार उद्योगमा एक अग्रजको रुपमा, छन्प्रविधि अनुसन्धान र मानकीकरणको नेतृत्वगर्ने अग्रणी मोबाईल टर्मिनलकम्पनीहरु मध्ये भिभो एक हो ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ८ : १४ बजे

पञ्चकन्या गाउँपालिकाले लगाएको चियाको व्यावसायिक उत्पादन सुरु

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिकाले बाझो जग्गामा लगाएको चिया खेतीको व्यावसायिक

नेपाल भानुआटुसँग पराजित

काठमाडौं- आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन

काठमाडौं– नबिल बैंकले आफ्ना ग्राहकको गोपनीयता भङ्ग गरी बैंकिङ कारोबारसम्बन्धी विवरण

एमाले प्रमुख सचेतकमा सांसद ऐनबहादुर महर

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले) संघीय संसदीय दलले प्रतिनिधिसभाका सदस्य ऐनबहादुर

प्रधानमन्त्री कप एनभिएमा पुलिस क्लबको विजयी सुरुवात 

काठमाडौं– प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ