कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसेको मृत्यु « Khabarhub

कोरोना संक्रमित पूर्वन्यायाधीश चालिसेको मृत्यु


१६ भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोभिड -१९ संक्रमणबाट पूर्वन्यायाधीशको मृत्यु भएको छ । उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको मृत्यु भएको हो।

उनका भाइ कृष्णराज चालिसेका अनुसार मुटु रोगको उपचार गराइरहेका बेला आज बिहान निधन भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३ का उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका थिए। उनी ७० वर्षका थिए।

पाँच दिन अघि शहीद गंगालाल अस्पतालमा भर्ना भएका उनको आज मृत्यु भएको काठमाडौं महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दीपक केसीले बताए । केसीका अनुसार चालिसेको उपचारकै क्रममा कोरोना भाइरस देखिएको थियो ।

उनको शवलाई नेपाली सेनाको टोलीले अन्त्येष्टि गर्ने छ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  १२ : २७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम