घ्याङफेदीको ढुंगा हटाउन वस्ती स्थानान्तरण « Khabarhub

घ्याङफेदीको ढुंगा हटाउन वस्ती स्थानान्तरण


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- दुप्चेश्वर गाउँपालिका-१, घ्याङफेदीको तीन वस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्‍याएसँगै ढुङ्गा हटाउन वस्ती स्थानान्तरण थालिएको छ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ। “नेगी वस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्युत् आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, उनले भने “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि वस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ।”

स्थानीयवासीले ‘पाल्साङ ऊ’ नाम दिएको उक्त ठूलो ढुङ्गा बग्न सुरु गरेकाले त्यसभन्दा ठिक तल पर्ने नेगीवासीलाई स्थानान्तरण सुरु गरिए पनि काउले र बोत्गाउँको १८ परिवारलाई भने ढुङ्गा हटाउन सुरु गरेपछि मात्र अन्यत्र लैजाने योजना बनाएको गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए।

उनका अनुसार वस्ती स्थानान्तरणसँगै शौचालय, खानेपानी, विद्युत्, आउजाउ गर्न बाटोलगायतको व्यवस्था मिलाउन थालिएको छ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ७ : ३५ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी