बेइजिङका विश्वविद्यालयहरूले पठनपाठनका सञ्चालन गर्दै « Khabarhub

बेइजिङका विश्वविद्यालयहरूले पठनपाठनका सञ्चालन गर्दै


१७ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा नयाँ शैक्षिक वर्ष शुरू भएसँगै बेइजिङका क्याम्पस तथा विश्वविद्यालयले घर गएका विद्यार्थीहरूलाई कोभिड–१९ रोकथाम र नियन्त्रणका कडा उपायहरू अवलम्बन गर्दै फिर्ता बोलाउन थालेका छन् ।

नगरपालिका शिक्षा आयोगले उचित सतर्कता भएका विश्वविद्यालयहरूलाई अगस्ट १५ देखि क्रमशः खोल्न अनुमति दिइसकेको छ ।

मध्य अगस्तदेखि करिब १५ दिनको समयमा क्याम्पस तथा र विश्वविद्यालयका करिब एक लाख ७० हजारभन्दा बढी विद्यार्थीहरू बेइजिङ फर्किसकेका आयोगले जनाएको छ ।

सोमबारसम्म बेइजिङमा प्रतिदिन करिब १० हजारका दरले विद्यार्थीहरू प्रवेश गरेका उल्लेख गरिएको छ । शहरका झण्डै आधाभन्दा बढी विद्यार्थी नयाँ सेमेस्टरको पढाइका लागि आइसकेको बताइएको छ ।

पेकिङ युनिभर्सिटी (पीकेयू) ले मंगलबार तीन हजार ३००भन्दा बढी विद्यार्थीलाई स्वागत गरेको बताएको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि भन्दै तत्कालका लागि चीनले विद्यार्थीका अविभावकलाई क्याम्पसमा प्रवेश नदिने तर विद्यार्थीहरूले भने सङ्क्रमणबारे होसियारी अपनाउँदै विद्यालय प्रवेश पाउने छन् ।

विश्वविद्यालयले महामारी रोकथाम र नियन्त्रण उपायहरू कार्यान्वयन गरेको छ । विद्यार्थीहरूले क्याम्पसमा फर्किनु अघि न्यूक्लिक एसिड टेस्ट लिन आवश्यक छ र उनीहरूको स्वास्थ्य अवस्था र पञ्जीकरण गर्दा उनीहरूको पूर्व आगमनको बारेमा प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  ७ : ४९ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं