अमेरिका–भारत व्यापार सम्झौता चाँडै | Khabarhub Khabarhub

अमेरिका–भारत व्यापार सम्झौता चाँडै


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – संयुक्तराज्य अमेरिका र भारतबीचको व्यापार सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको भारत सरकारले जनाएको छ ।

संयुक्तराज्य अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव अघि वा त्यसलगत्तै उक्त सम्झौतालाई अन्तिम रुप दिनेगरी वार्ता अघि बढेको छ ।

भारतका केन्द्रीय बाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले दुई देशबीचको व्यापार सम्झौताका सन्दर्भमा अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरसँग निकट सम्पर्कमा रहेको मंगलबार बताएका छन् ।

अमेरिका–भारत रणनीतिक साझेदारी मंचको बैठकलाई सम्बोधन गर्दै मन्त्री गोयलले भने, “व्यापार सम्बन्धी पूरै प्याकेज लगभग तयार भइसकेको छ र यसलाई कुनै पनि समय अन्तिम रुप दिन सकिनेछ । भारतको विचारमा यो प्याकेजले दुबै मुलुकको जितलाई प्रतिबिम्बित गरेको छ ।”

मन्त्री गोयलले अगाडि भने, “मैले अमेरिकी व्यापार प्रतिनिधि लाइटिजरसँग विचारविमर्श गरेको छु । हामी दुबैबीच यो सम्झौता आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिय चुनाव वा सोभन्दा अघि नै गर्न समझदारी बनेको छ । हामी भोलि नै यो सम्झौता गर्न पनि तयार छौं ।”

उनले व्यापार सम्झौताले भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई अझ प्रगाढ र गहिराईमा लैजान मद्दत गर्ने बताए ।

मन्त्री गोयलले दुबै मुलुकबीचको समझदारी अभिवृद्ध हुँदै गएमा आगामी दिनमा भारत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौताका लागि मार्गप्रशस्त गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  २ : ३२ बजे

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर

आन्दोलनका क्रममा भागेका आठ हजार २२६ कैदीबन्दी अझै फरार

काठमाडौं – ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनी गरी कारागार