त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु « Khabarhub

त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित २ जनाको मृत्यु


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा कोरोना संक्रमति दुई जनाको मृत्यु भएको छ ।

अस्पतालका डाक्टर सविन थपलियाका अनुसार काठमाडौंका काठमाडौंका ७५ वर्षका पुरुष र तनहुँकी २० वर्षकी महिलाको मृत्यु भएको हो ।

डा थपलियाका अनुसार काठमाडौंका पुरुषको मंगलबार बेलुका मृत्यु भएको हो । ती पुरुषमा उच्च रक्तचाप र मधुमेहको समस्या थियो । ती पुरुषलाई भदौ १५ गते अस्पतालको कोभिड आइसोलेसनमा भर्ना गरिएको थियो ।

मृतक तनहुँकी महिलामा बाथ रोग र मिर्गौला सम्बन्धी रोग रहेको थियो । उनलाई भदौ १६ गते कोरोना पुष्टि भएपछि कोभिड वार्डमा राखेर डाइलाइसिस गरिएको थियो । उनको मंगलबार अपरानह्न साढे ४ बजे मृत्यु भएको हो ।

डा थपलियाका अनुसार त्रिवि शिक्षण अस्पतालमा हाल ७३ जना संक्रमित उपचारत छन् । जसमा ६८ जना आइसोलेसन र ५ जना आइसीयुमा छन् ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ३ : २३ बजे

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर