श्रीमतीले आफ्नो साथीले धेरै सम्झेको बताएपछि के गरे श्रीमानले ? | Khabarhub Khabarhub

श्रीमतीले आफ्नो साथीले धेरै सम्झेको बताएपछि के गरे श्रीमानले ?


२७ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीमान श्रीमतीबीचको सम्बन्ध त्यति हार्दीक थिए । उनीहरुले एकले अर्कालाई शंका गरिरहन्थे ।
एक दिन श्रीमतीले अफिसमा रहेका श्रीमानलाई म्यासेज गरिन । उनले म्यासेजमा लेखेकी थिइन् ‘अफिसबाट घर फर्किँदा बजारबाट तरकारी लिँदै आउनु है । अनि अर्को कुरा मेरो एउटी साथीले तिमीलाई सोधेकी छे!’
मख्ख परेको श्रीमानले म्यासेजको रिप्लाइ लेखे ‘ए हो । तिम्रो कुन साथीले हेल्लो भनेको?’
श्रीमान श्रीमतीबीच म्यासेजको दोहोरी नै चल्छ
श्रीमती : मख नपरे हुन्छ । मैले मेरो म्यासेज हेरेउ कि छैन भनेर हो । कोही साथीले सम्झेको छैन ।
श्रीमान : तर म त अहिले तिम्रै साथी सँगै छु त, अर्को कुन चैं साथीको कुरा गरिरा ?’
अब कथामा मोड आउँछ…
श्रीमती : तिमी कहाँ ?
श्रीमान : तरकारी बजारमा ।
श्रीमती : पख असती ।म त्यहाँ आएपछि मैले जान्या छु ।
१० मिनेटपछि तरकारी बजारमा पुगेर
श्रीमती : कहाँ छौं तिमी?
श्रीमान : म आफिसमा ! अब तिमीलाई जुन जुन तरकारी
मनपर्छ त्यै त्यै किनेर लानु !

फेरि कथामा अर्को मोड आउँछ…
श्रीमती : तर म त रिसको झोंकमा घरबाट हिड्दा पैसाको पर्स् नै बोक्न बिर्सेंछु ! याँ ट्याक्सीलाई भाडा दिनसमेत पैसा छैन । तु आउ ह्याँ !
श्रीमान : बेवकूफ आइमाइ पर्स त लिएर हिन्नु पर्छ नि ! कस्तो झ्याउ लगायौ के तिम्ले मलाई ! ल ल पर्ख ! म आइहालेँ !
तरकारी बजार पुगेर
श्रीमान : कहाँ छौं ?
श्रीमती : ल अब खुरुक्क तरकारीहरु लिएर घर आउने !
लुरुक्क परेर तरकारी लिएक श्रीमान घर पुगे । अनि स‍ानदार रुपमा घरमा बसेकी श्रीमतीले भनिन् अब पनि मसँग पंगा लिने ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : २९ बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न