काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

‘हामीले जनजीवनलाई पनि क्रमिकरूपमा सहज बनाउँदै निषेध आदेश थप्न सुझाएका हौँ, उहाँहरूको अधिकार क्षेत्र भएकाले के-के खुकुलो वा सहज बनाउने वा नबनाउने भन्ने उहाँहरूले नै गर्नुहुन्छ विस्तृत विवरण प्रजिअहरूबाटै आउँछ,’ लामिछानेले भने ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ५१ बजे

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा

नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना

एजेन्सी – चीनले नवीकरणीय ऊर्जा क्षेत्रलाई तीव्र रूपमा अघि बढाउने

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी