काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप « Khabarhub

काठमाडौँ उपत्यकाको निषेधाज्ञा फेरि एक साता थप


१७ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपिएको छ।

बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयको परामर्शपछि निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् ।

स्वास्थ्य प्रोटोकल पालना गरेर कतिपय सेवाहरु सहज बनाउन मन्त्रालयले सुझाव दिएकाले प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थपेको गृह मन्त्रालयलका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

‘हामीले जनजीवनलाई पनि क्रमिकरूपमा सहज बनाउँदै निषेध आदेश थप्न सुझाएका हौँ, उहाँहरूको अधिकार क्षेत्र भएकाले के-के खुकुलो वा सहज बनाउने वा नबनाउने भन्ने उहाँहरूले नै गर्नुहुन्छ विस्तृत विवरण प्रजिअहरूबाटै आउँछ,’ लामिछानेले भने ।

जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन दबाब दिइरहेका बेला केही खुकुलो गरेर फेरि निषेधाज्ञा बढाइएको हो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि भदौ ३ गते मध्यरातिबाट निषेधाज्ञा जारी गरिएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ५ : ५१ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय